साँस्कृतिक भवन निर्माणका लागि सहयोग जुटाउन शुक्रबारदेखि व्यापार मेला

Advertisement

काठमाडौं । नेपाल राष्ट्रिय तामाङ घेदुङको साँस्कृतिक भवन निर्माणका लागि सहयोग जुटाउन शुक्रबारदेखि राजधानीको खुल्लामञ्चमा औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलाको आयोजना हुने भएको छ । 

नेपाल राष्ट्रिय तामाङ घेदुङको आयोजना र औद्योगिक शान्ति नेपाल सस्था प्रा.लि.को सहआयोजनामा राजधानीको खुल्ला मञ्चमा हुने मेलामा कृषि, हस्तकला उत्पादनका साथै तामाङ जातिको संस्कृति र पहिचान झल्कने सामग्रीको बृहद प्रर्दशनी हुने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो । 

Advertisement

झण्डै दुई सय वटा स्टल रहने मेला गाँउका कृषि उत्पादनको प्रर्वद्धन गर्ने उदेश्यसहित आयोजना गर्न लागिएको घेदुङका अध्यक्ष बीरबहादुर योञ्जनले जानकारी दिए । निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा वस्तुहरुको प्रदर्शनीका साथै प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । 

नृत्य प्रतियोगिताको आयोजना पनि गरिने छ । नृत्य प्रतियोगितामा पहिलो हुनेले नगद २० हजार रुपियाँको साथै निःशुल्क तीन महिने डान्स कोर्स, द्धितीय हुनेलाई १२ हजार र तृतीय हुनेलाई पाँच हजार रुपियाँ नगद पुरस्कार दिइने आयोजकले जानकारी दिए । 

Advertisement

Advertisement