अन्नपूर्ण होटलमा अब सुविसुको क्लियर टिभी

Advertisement

काठमाडौं । होटल अन्नपूर्णले आफ्ना ग्राहकलाई गुणस्तरीय टिभी हेराईको अनुभव प्रदान गर्न भन्दै टेलिभिजन, इन्टरनेट र नेटवर्किङ सेवा प्रदायक सुविसु केबलनेट प्रा.लि.सँग डिजिटल टिभी सेवा ‘क्लियर टिभी’का लागि समझदारी गरेको छ । 

यो समझदारीअनुसार पाँचतारे होटल अन्नपूर्णका सम्पूर्ण कक्षहरुमा क्लियर टिभीजडान गरिनेछ । यसबाट होटलका ग्राहकले हाइ डेफिनिशन च्यानलहरुको आनन्द लिन सक्नेछन् । समझदारीपत्रमा होटलका महाप्रवन्धक अभिनभ राना र सुविसुका प्रमुख कार्यकारी अधिकृत विनय साउदे हस्ताक्षर गरेका छन् । 

Advertisement

क्लियर टिभीमा विभिन्न विधाहरु स्पोर्टस, मुभिज, इन्टरटेनमेन्ट, एडभेन्चर एण्ड लाइफस्टाइलमा ३० भन्दा बढी एचडी च्यानल र एकसयभन्दा बढी डिजिटल च्यानलहरु उपलब्ध रहेको सुविसुले जनाएको छ । सरकारले आर्थिक वर्ष २०७३र७४ मा देशका सबै प्रमुख सहरमा डिजिटल सिस्टम अनिवार्य रुपमा लागू गरि हालको एनालग टिभि सिग्नल बन्द गर्दैछ ।    

Advertisement

Advertisement