विश्वका शक्तिशाली महिलाहरुको सूचीमा विद्या भण्डारी पनि, पहिलोमा एन्गेला मोर्केल

Advertisement

काठमाडौं । विश्वका धनीहरुको सूची सार्वजनिक गर्ने चर्चित पत्रिका फोब्सले सार्वजनिक गरेको विश्वका शक्तिशाली महिलाहरुको सूचीमा नेपालकी राष्ट्रपति विद्या भण्डारी पनि परेकी छन् । 

राष्ट्रपति भण्डारी विश्वको ५२ औँ शक्तिशाली महिलाको रुपमा उक्त पत्रिकाले सार्वजनिक गरेको हो । फोर्ब्सको शक्तिशाली महिलाहरुको सूचमा नेपाली परेको यो पहिलो हो । नेपालमा राष्ट्रपति पद कार्यकारी नभए पनि कार्यकारी प्रधानमन्त्री केपी ओलीसँग निकट सम्बन्धका कारण नेपालको राष्ट्रिय राजनीति र निर्णय प्रक्रियामा उनको महत्वपूर्ण हात रहेको फोब्सको विश्लेषण छ । 

Advertisement

प्रथम महिला राष्ट्रपति भएको र लामो समय राजनीति गरेका कारण पनि उनको राजनीतिक प्रभाव रहेको जनाइएको छ । विश्वको राजनीतिक नेतृत्वमा महिलाहरु कम भएकाले पनि भण्डारीलाई फोब्सको सुचीमा पर्न सहज भएको हो । 

फोब्सले विश्वको शक्तिशाली महिलामा जर्मन चान्सलरएन्गेला मर्केललाई गणना गरेको छ । उनी विश्वकै शक्तिशाली महिलामा छैटौं पटक पर्न सफल भएकी हुन । फोब्सले सार्वजनिक गरेको विश्वका सय शक्तिशाली महिलाहरुमा अधिकांश अमेरिकी छन् । 

दोस्रो शक्तिशाली महिलामा अमेरिकाको राष्ट्रपति पदकी उम्मेदवार एवं पूर्व राष्ट्रपति विल क्लिनटनकी पत्नी हिलेरी क्लिन्टन रहेकी छन भने अमेरिकाकै केन्द्रीय बैंक फेडरल रिजर्भ बैंककी प्रमुख जेनेट येलेन तेश्रो स्थानमा छिन् ।

सूचीको २६औं स्थानमा म्यानमारकी नेतृ आंग सांग सूची, ३६औं स्थानमा बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेद ३६ औँ स्थानमा छिन् भने भारतको काँग्रेस आईकी नेतृ सोनियाँ गान्धीलाई भने यस पटक सूचीमा परेकी छैनन् । भारतीय नेतृ सोनिया गान्धी भने शक्तिशाली महिलाको सूचिमा परिनन् ।

सूचीमा लोकप्रिय इकमर्श साइट अलिबाबाकी वरिष्ठ कर्मचारी लूसी पेंग, विश्व स्वास्थ्य संगठनकी महानिर्देशक मार्गरेट चेन, हंगकंगकोे वित्तिय सेवा संस्था किंग्सटन सेक्युरिटिजकी मुख्य अधिकारी पोल्याना चू तथा चीनकी प्रथम महिला पेंग लियूआन पनि छन् । सूचीमा नौ जना चिनियाँ महिला परेका छन् । 

फोब्सको शक्तिशाली महिलाको सूचीमा ३२ जना विभिन्न कम्पनीका कार्यकारी प्रमुखहरु छन भने ११ जना धनाड्य र १२ महिना राजनीतिक नेतृहरु छन् । विश्वको सबैभन्दा शक्तिशाली महिलाको सूचिमा सबैभन्दा कान्छी (४१ वर्ष) याहुकी सिइओ म्यारिसा मेयर छन् भने वृद्धमा वृद्धमा बेलायती महारानी एलिजाबेथ द्धितिया छन् । 

विश्वका सबैभन्दा शक्तिशाली सय महिलासँग विश्वको १० खर्ब डलर सम्पत्ति रहनुका साथै तीन अर्ब ६० करोड मानिसलाई प्रभावित गर्ने गरेको फोब्सको भनाई छ । 

Advertisement

Advertisement