एनसेलले ल्यायो नयाँ योजना ‘मासिक भ्वाइस प्याक’

Advertisement

काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलले आफ्ना प्रिपेड ग्राहकहरुका लागि ‘मासिक भ्वाईस प्याक’ ल्याएको छ । यस अन्तर्गत ग्राहकले सुलभ शुल्कमा भ्वाइस सेवा लिन सक्ने एनसेलले जनाएको छ । 

यस योजनामा ग्राहकले करसहित दुईसय रुपियाँमा चारसय मिनेट अननेट टक टाइम खरिद गर्न सक्छन् । यो प्याकअन्र्तगत ग्राहकले करसहित ५० पैसा प्रतिमिनेटको दरमा कुनै पनि अर्को एनसेल नम्बरमा कल गर्न सक्ने एनसेलको भनाई छ ।

Advertisement

मासिक भ्वाईस प्याक सोमबारदेखि स्थायी सेवाको रुपमा लागु हुनेछ । एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स् १७११८ ह्यास डायल गरी प्राप्त जानकरी अनुसार पाँचौ विकल्प रोजेर यो प्याक सुचारु गरी लाभ लिन सक्ने जनाइएको छ । 

आइभिआरमार्पmत यो सेवा सुचारु गर्नका लागि १७११८ डायल गरी प्राप्त जानकारीबमोजिम अंक ५ प्रेस गर्नुपर्ने हुन्छ । ग्राहकले २०० टाइप गरी १७११८ माएसएमएस पठाएर पनि यो सेवा सुचारु गर्न सक्छन् । 

ग्राहकले आफ्नो आवश्यकताअनुसार जति पटक पनि यो प्याक लिन सक्नेछन । यो प्याक सुचारु भएको दिनबाट ३० दिनको लागि मान्य हुनेछ । प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । विद्यमान शुल्कअनुसार एनसेल नेटवर्कभित्र कलगर्दा करसहित दुई रुपियाँ ५० प्रतिमिनेट शुल्क लाग्दछ । 

यो प्याक भिएफटी र एनसेल मोबाइल एपबाट पनि खरिद गर्न सकिने एनसेलले जनाएको छ । सुलभ दरमा गुणस्तरीय सेवा उपलब्ध गराउने  प्रतिवद्धताबमोजिम दैनिक भ्वाइस प्याक, साप्ताहिक भ्वाइस प्याक, डेली नाइट भ्वाइस प्याक र डे भ्वाइस प्याक पनि ग्राहकलाई प्रदान गर्दै आएको एनसेलले जनाएको छ ।

Advertisement

Advertisement