काठमाडौंः विप्रेषण सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले यही गएको दशैं तिहारलाई लक्षित गरी सञ्चालन गरेको “सिटी एक्सप्रेस उत्सव एक्सप्रेस” योजनाको बम्पर विजेताको नाम सार्वजनिक गरेको छ ।
गएको मंसिर २८ गते आयोजित कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बासडर सीताराम कट्टेल (धुर्मुस) र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले फेसबुक लाइभ कार्यक्रम आयोजना गरी गोलाप्रथाबाट बम्बर विजेता छनोट गरेका हुन । छनोट हुनेमा साउदी अरबको टेलीमनीबाट जमन तामाङले आफ्नी श्रीमती ईलाम निवासी बिमलादेवी तामाङलाई पैसा पठाए वापत विजेता छानिएको कम्पनीले जनाएको छ ।
बम्पर उपहारको रुपमा रेनौल्टको क्विड आर एक्सएल कार रहेको छ । बिमलाले यो उपहार जित्न सफल भएको सिटी एक्स्प्रेसले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । कुल ९० दिनसम्म चलेको यस उपहार योजनाको अवधि गत मंसिर १५ गते सकिए पनि बम्बर उपहार विजेता भने भर्खरै घोषणा गरिएको हो ।
यस उपहार अन्तर्गत सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत विदेशबाट नेपालमा रहेका आफन्तलाई रेमिटान्स रकम पठाए वापतमा दैनिक रुपमा एक जना विजेताले एक तोला चाँदीका सिक्का, क्याप, टी सर्ट र किरिङ, साप्ताहिकरुपमा एक जना विजेताले ओप्पो मोवाइल र हरेक महिनामा एक जना विजेताले एलजी रेफ्रिजिरेटर उपहार प्रदान पाउँदै आएका थिए ।