नारायणघाटमा आज एनसेल मेला सुरु, अन्य शहरमा पनि क्रमसः हुने

Advertisement

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले बिहीबार नारायणघाटमा एनसेल मेला सुरु भएको छ । कम्पनीले रि—ब्राण्डिङपछि नजिकिदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशियाली साट्न, शुभकामना आदान प्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड चिनाउन नारायणी किनारमा मेला गरेको हो । 

मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला साँझसम्म चल्नेछ । विविध कार्यक्रम, गतिविधि र कन्सर्टमा चर्चित कलाकार तथा संगीतिक समुहको प्रस्तुती, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु विशेष आर्कषण रहेका छन । 

Advertisement

यसबाहेक मेलामा आउने आगन्तुकले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेलको विषेश हाइटेक जोनमा चलाएर टेष्ट गर्न सक्नेछन् ।  

मेलामा कलाकार सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ, समृद्घी राई र एक्स व्याण्डको प्रस्तुती रहनेछन् । त्यसैगरी, कार्टुन्जक्रु, युभिएन्जल्स् र डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन् । प्रवेश निःशुल्क गरिएको यस मेलामा सबै उमेरका दर्शकहरुका लागि विविध कार्यक्रमहरु समाबेश गरिएका छन् । 

मेलामा मनोरञ्जनका लागि मयुर नाच, लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदी रहनेछन् । त्यसैगरी गेम स्टलहरुमा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु हुनेछन् । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्ज नलिनुका साथै विभिन्न गिफ्टहरु पाउन सक्नेछन् । 

बालबालिका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकर्षणहरु रहेका छन् । गीत संगीत, गेमहरु र अन्य आर्कषणबाहेक, मेलामा नेपाली, इण्डियन र चाइनिज परिकारका स्टलहरु पनि रहनेछन् । 
नारायणघाटपछि एनसेल मेला असोज १ गते पोखरामा आयोजना हुनेछ । यो मेला असोज ३ गते बुटवल, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा आयोजनापछि समापन हुने एनसेलले जनाएको छ ।

Advertisement

Advertisement