एनसेल मेलामा रमाए पोखरेली र पर्यटकहरु

Advertisement

काठमाडौं– निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो रि–ब्राण्डिङसँगै नजिकिँदो चाडपर्वकोे अवसरमा आफ्ना ग्राहकहरुमार्फत शुभकामना आदान प्रदान गर्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा एनसेल मेला आयोजना गरेको छ । 

मेलामा पोखरेलीहरुका साथै पर्यटकहरुको समेत उत्साहजनक सहभागिता रहेको उनसेलले जनाएको छ । उसले यसअघि बिहीबार नारायणघाटको नारायणी नदी किनारमा मेला आयोजना गरिएको थियो । पोखरामा दिनभर आयोजित मेलामा चर्चित कलाकार तथा सांगीतिक समूहको प्रस्तुती, कमेडी, जादु, गेम स्टल, किडस् जोन र फुड स्टलहरु रहेका थिए । 

Advertisement

गायक सुगम पोखरेल, मिलन अमात्य, शिव परियार, एक्स ब्याण्ड तथा लाहुरेले मेलामा गीत गाएर मनोरञ्जन दिएका थिए भने हास्य कलाकार सन्दिप क्षेत्रीले सबैलाई आफ्नो प्रस्तुतीमार्फत हँसाएका थिए । कार्टुन्जक्रु र युभिएन्जल्स्को प्रस्तुतीले दर्शकलाई मत्रमुग्ध बनाएको एनसेलले आफ्नो विज्ञप्तिमा जनाएको छ । 

मेलामा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु राखिएका थिए । किड्स जोनमा रहेका इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबीगल्फ र ट्रेनलगायतमा बालबालिका रमाएका थिए ।  

मेलामा एनसेलको सेवा सुविधाहरु आकर्षक अफरका साथ राखिनुका साथै डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विशेष हाइटेक जोनमा दर्शकहरुले चलाएर हेर्न सकिने व्यवस्था गरिएको थियो । मेला अवलोकन गर्न आएकाहरुका लागि नेपाली, इण्डियन र चाइनिज परिकारका फुड स्टलहरुका साथै दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथजस्ता आकर्षणहरु रहेका थिए ।

नारायणघाट र पोखरापछि एनसेल मेला असोज ३ गते बुटवलमा, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा आयोजना हुने एनसेलले जनाएको छ । 

 

Advertisement

Advertisement