एनसेल मेलामा यसरी रमाए धराने युवा युवती (तस्विरहरुसहित)

Advertisement

काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो रि–ब्राण्डिङपछि यसको प्रचार प्रसार गर्ने क्रममा श्रृखलावद्धरुपमा मुलुकमा प्रमुख शहरमा आयोजना गर्दै आएको एनसेल मेला बिहीबार धरानको पब्लिक हाइस्कुल मैदानमा आयोजना गर्यो । 

एनसेलले रि—ब्राण्डिङको प्रवद्र्धनसँगै नजिकिँदो चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकमाझ खुसियाली साट्न र शुभकामना आदानप्रदान गर्न मेला आोजना गरिएको जनाएको छ । ्यसअघि एनसेलले नारायणगढ, पोखरा, बुटवलमा भव्यरुपमा यस्ता मेलाहरु आयोजना गरेको थियो । 

Advertisement

धरानमा बिहीबार दिनभर चलेको मेलामा अपरान्हबाट सुरु भएको सांगीतिक प्रस्तुतीसँगै रमझम र रौनक बढेको थियो । आगन्तुकहरुले उत्साहजनक सहभागिता जनाएको भन्दै एनसेलले यसमा कलाकार तथा सांगीतिक समुहको प्रस्तुती, गेम स्टल, कमेडी, जादु, किडस् जोन र फुड स्टलहरु विशेष आर्कषण रहेको जनाएको छ ।

कलाकारहरु सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, डिजे रुपेश र सांगीतिक समुह एक्स व्याण्डको प्रस्तुतीले दर्शकलाई गीत संगीतमा झुम्दै नाच्न पे्ररित गरेको जनाइएको छ । हाँस्यकलाकार सन्दिप क्षेत्रीको प्रस्तुतीले दर्शकलाई थप मनोरञ्जन प्रदान गरेका थिए । त्यसैगरी कार्टुन्जक्रु र युभिएन्जल्स्को साँझको विशेष प्रस्तुतीे दर्शकले निकै मन पराएको एनसेलले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।  

मेलाका सबै स्टलहरुमा आगन्तुकहरुले चाखपूर्वक सहभागिता जनाएका र एनसेलको सेवा सुविधामा आकर्षक अफर पाएका थिए । साथै, डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था पनि मिलाइएको थियो । एनसेल हाइटेक जोन, मगसट फोटो बुथ र गेम स्टलहरुमा बाक्लै भीडभाड रहेको थियो भने लाखे नाच, चंगा चेट प्रतियोगिता र दशैं पिंगले मेलाको रौनकथप बढाएको उनसेलले जनाएको छ । 

सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेम स्टलहरु मेलामा राखिएका थिए । बालबालिका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबीगल्फ र ट्रेन जस्ता आकर्षण थिए । यी बाहेक दर्शकले विभिन्न नेपाली, इण्डियन र चाइनिज परिकारहरुको मज्जा लिन पाएका थिए । अब असोज ८ मा बिर्तामोडमा मेला आयोजना गरिएपछि यो श्रृखलाको अन्त्य हुने एनसेलले जनाएको छ । 

Advertisement

Advertisement