किम पीक:  जो किताबका दुवै पृष्ठ एकसाथ पढ्थे

Advertisement

एजेन्सी। अमेरिकी नागरिक किम पीक जसले आफ्नो आँखाको माध्यमबाट एकै पटकमा किताबका दुई पृष्ठ एकै पटकमा पढ्न सक्ने क्षमता राख्ने गर्दा उनी विश्वभर प्रख्यात थिए। 

उनमा कुनै पनि पुस्तक पढेपछि दुवै पृष्ठको बिषयबस्तु ९८ प्रतिशत सम्झन सक्ने क्षमता थियो। उनको यस्तो क्षमता उनी आधा-वर्षको हुँदादेखि नै बिकाश भएको थियो । १९५१ मा अमेरिकामा जन्मिएका उनको यस्तो क्षमता हुनुमा उनको बुबासंगै उनी पनि घन्टौं पुस्तकालयमा बस्ने बानीले गर्दा बिकाश भएको मान्दछन् । 

Advertisement

उनी जस्तो सुकै मोटा पुस्तकहरु केहि घन्टामा नै पढेर सक्दथे। उनको मृत्यु ५८ वर्षमा सन् २००९ मै भएको थियो।   

उनलाई अहिले विश्वले जिउँदो इन्साइक्लोपिड़िया र 'वल्किङ्ग जिपियस' को उपनामले चिन्दछन।  

उनलाई   वल्किङ्ग जिपियस किन भनियो भन्दा उनी गाडीमा वा कतै हिंडेर यात्रा गर्दा आफैले सबै ठाउँको दिशा सजिलै पत्ता लगाउँथे।

यसो हुनुमा उनमा बिकशित भएको उनको दिमाग र हेमिस्फियरबीचको असन्तुलनले गर्दा भएको बैज्ञानिकहरु बताउँछन्। चिकित्सकहरुका अनुसार उनी साभेन्ट सिन्ड्रोमबाट ग्रषित थिए।      
 
        

Advertisement

Advertisement