एनसेलले ल्यायो ‘एकमा दुई अफर’, अब भ्वाइस सेवा २५ पैसा प्रतिमिनेटमा

Advertisement

काठमाडौंः निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि भ्वाइस प्याकमा ‘एकमा दुई अफर’ अफर सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब करसहित २५ पैसा प्रतिमिनेट सम्ममा एनसेलको अन्य नम्बरमा कल गर्न सक्नेछन् ।

यो योजना सोमबारबाट लागु हुनेछ । यस योजनाअन्तर्गत हालकै मुल्यमा दैनिक, साप्ताहिक वा मासिक भ्वाइस प्याक खरिद गर्दा दोब्बर मिनेट प्राप्त हुनेछ । यसको मतलब, ११ रुपियाँमा ११ मिनेट टक टाइम भएको दैनिक भ्वाइस प्याकको खरिदमा अब ग्राहकले २२ मिनेट टक टाइम प्राप्त हुनेछ जुन २४ घण्टाको लागि मान्य हुनेछ ।

Advertisement

साप्ताहिक भ्वाइस प्याकमा ग्राहकले ६० रुपियाँमा सात दिनको समयसिमा भएको १४० मिनेट टक टाइम पाउनेछन् । हाल यो प्याकमा ग्राहकले ७० मिनेट पाउने गरेकाछन् । त्यसैगरी, मासिक भ्वाइस प्याकमा अब ग्राहकले दुईसय रुपियाँमा चारसय मिनेट नभई आठसय मिनेट प्राप्त गर्नेछन् । यसरी ग्राहकले अब मासिक भ्वाइस प्याक खरिद गर्दा २५ पैसा प्रतिमिनेट सम्ममा कल गर्न सक्नेछन् । भ्वाइस प्याकका मुल्यहरु कर सहितका हुन् ।

ग्राहकले आफ्नो भ्वास सेवाको आवश्यकता अनुसार युएसएसडी, आइभिआर, एसएमएस लगायतका माध्यमबाट भ्वाइस प्याक सुचारु गरि ‘एकमा दुई अफर’ लाभ लिन सक्नेछन् । 

ग्राहकले १७११८ डायल गरेर दैनिक भ्वाइस प्याकका लागि १, साप्ताहिक भ्वाइस प्याकका लागि २ र मासिक भ्वाइस प्याकका लागि ५ थिचेर यो सेवा सुचारु गर्न सक्नेछन् । युएसएसडीबाट सेवा सुचारु गर्न ग्राहकहरुले एस्ट्रिक १७११८ ह्यास डायल गरि आफुलाई चाहिएको विकल्प छनोट गरी सेवा सुचारु गर्न सक्नेछन् ।


त्यसैगरी, एसएमएसमार्फत भ्वाइस प्याक खरिद गर्न ग्राहकहरुले दैनिक भ्वाइस प्याकका लागि ११, साप्ताहिक भ्वाइस प्याकका लागि ६० र मासिक भ्वाइस प्याकका लागि २०० टाइप गरी १७११८ मा एसएमएस पठाई सेवा सुचारु गर्न सक्नेछन् ।

एकमा दुई अफर तीन महिनाको लागि मान्य हुनेछ । भ्वाइस प्याकको समयावधि सकिएपछि वा टक टाइम सकिएपछि, ग्राहकहरुलाई एनसेलबाट एनसेलमा कल गर्दा विद्यमान् शुल्क दुई रुपियाँ ५० (करसहित) प्रतिमिनट लाग्ने एनसेलले जनाएको छ । 

Advertisement

Advertisement