मेलम्चीको सुरुङ खन्दा सुनजस्तो धातु भेटियो, परिक्षण हुन बाँकी

Advertisement

काठमाडौंः मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने क्रममा सुनजस्तै देखिने खानी भेटिएको छ । हेर्दा सुनजस्तो पहुँलो धातु देखिएपछि सुन हुनसक्ने अडकलका आधारमा तत्कालै सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

मेलम्ची खानेपानी आयोजना प्रमूख धनश्याम भट्टराईका अनुसार  सुरुङ खन्ने क्रममा सुनजस्तै पहेलो धातुहरु फेला परेको जानकारी दिए । उनले सो जानकारी पाउनासाथ सुरक्षा व्यवस्था कडा गर्न लगाएको अहिले उक्त स्थलमा आधिकारिक व्यक्तिबाहेक कसैलाई छिर्न नदिइएको बताए । 

Advertisement

धातु भेटिएको ठाउँमा सर्वेलेन्स क्यामरा पनि राख्न लगाइएको छ । पहेलो धातु सुन मात्रै नभएर पाइपराइट पनि हुन सक्छ भट्टराईको भनाई छ । खानी तथा भूगर्व विभागका प्राविधिकहरु आएर परीक्षण गरेपछि मात्रै सही कुरा थाहा हुने बताए । 

आउँदो दशैंसम्म काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने योजनामा रहेको यस आयोजनाको सुरुङमा भेटिएको धातु सुन नै भएको प्रमाणित भएमा आयोजनाले नयाँ मोड लिनसक्ने देखिन्छ । 

Advertisement

Advertisement