रोबोट 'सोफिया' ले भनिन् - प्रविधिकै प्रयोगले नेपाललाई भ्रष्टाचारमुक्त गर्न सकिन्छ

Advertisement

काठमाडौँ: विश्वकै पहिलो नागरिकता प्राप्त गर्ने रोबोट तथा मानव स्वरूप पाएकी 'सोफिया' ले बुधबार नेपालमा प्रविधिको विकास द्रुत गतिमा भइरहेको बताउँदै उनले नेपालले पनि प्रविधिलाई सहि ढंगले उपयोग गर्न सके चाँडै नै विकासको गतिमा लम्कने विश्वास आफूलाई रहेको जनाइन्।

रोबोट ‘सोफिया’ भनिन् - नेपाल जस्तो विकासोन्मुख देशमा प्रविधिले गरिबी हटाउन सहयोग पुर्‍याउनेमा मेरो बिश्वास छ, आज राजधानीमा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा उनले सो धाराणा ब्यक्त गरेकी हुन् ।

" प्रविधिकै प्रयोगले सुशासन कायम गरी भ्रष्टाचारमुक्त समाजको कल्पना गर्न सकिन्छ," उनले भनिन् ।

उनी कार्यक्रममा सहभागी हुन मंगलबार काठमाडौं ओर्लिएकी थिइन्।

उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रूपमा नागरिकता दिएको हो ।

सोफियालाई हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेको हो ।

सोफियाको निर्माण २०१५ मा भएको थियो भने २०१६ मा उनलाई अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

साउदी सरकारले उनलाई ‘मानव’का रूपमा नागरिकता दिएपछि उनको चर्चा चुलिएको हो । सोफियाले अनुहारबाट ६२ भन्दा बढी भावको प्रतिक्रिया दिन सक्छिन् ।

त्यसयता सोफिया विश्वभर हुने विभिन्न सार्वजनिक कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएकी छन् । मानवीय स्वरूप दिन उनको अनुहार दिवंगत बेलायती कलाकार अड्रे हेपबनसँग मिल्दोजुल्दो बनाइएको छ ।

Advertisement

Advertisement

Advertisement