आउँदो मार्च–अप्रिलमा ‘कृषि व्यवसाय बुट–क्याम्प’ आयोजना हुने

Advertisement

काठमाडौंः नेपालमा कृषि उद्यमशीलता र यसको आधुनिकीकरण गर्ने उद्देश्यले आउँदो मार्च र अप्रिल महिनामा राजधानीमा कृषि व्यवसाय बुट क्याम्प २०१७ आयोजना गरिने भएको छ । 

नेपाल इन्ट्रप्रेनर हक (नेहव)को आयोजना हुने यो बुट क्याम्प कृषि व्यवसायमा संलग्न व्यवसायी तथा यस्तो व्यवसाका लागि आकर्षित हुनेहरुका लागि एकसाता लामो सघन तालिम र मार्गनिर्देशक कार्यक्रम हो । 

Advertisement

तालिमले छानिएका उद्यमीहरुलाई वर्तमान स्थितिबाट आफ्नो व्यवसायलाई विस्तार गर्दै दिगो बनाउन, आफ्नो सिर्जनालाई बजारसम्म पुर्याउन, आर्थिक उपलब्धीमूलक योजना बनाउन सहयोग गर्ने सम्वद्ध व्यक्तिहरुको भनाई छ । 

नेहबले आइतबार आयोजना गरेको कार्यक्रममा यसका सहसंयोजक हेमपाल श्रेष्ठले विश्व बैंक र सोही बैंक अन्तर्गतको इन्फोडेभसँगको सहकार्यमा हुन लागेको यो बुट क्याम्पले हाल सञ्चालनमा रहेका तथा नयाँ उद्यमीहरुलाई समेत नविन विचार, प्रविधि र विकाससँग जोडने काम गर्ने  बताए । 

बुट क्याम्पमा सहभागी हुन चाहनेहरुका लागि नेहबले निवेदनहरु संकलन गरी आधुनिक र बहुपुर्नढाँचामा आधारित विधिबाट छनोट गर्नेछ । सञ्चालनमा रहेका कृषि व्यवसायमध्ये २) वटा उत्कृष्ट अन्तरदृष्टि भएका परियोजनाहरुलाई विशेष कार्यक्रम गरी अन्तरवार्ता र मूल्याङ्कनपछि बुट क्याम्पका लागि छनोट गरिनेछ । 

त्यसैगरी, नयाँ परियोजना र उद्यमीहरुका लागि कृषि व्यवसायमा आधारित स्टार्टअप सप्ताहान्त कार्यक्रमको आयोजना गरी उत्कृष्ट पाँच विचारलाई छनोट गरिनेछ । दुवैगरी कुल २५ व्यवसायलाई साताब्यापी बुटक्याम्पमा सहभागी गराइने श्रेष्ठले बताए ।

कार्यक्रममा सहभागीहरुले कृषि व्यवसाय, कृषि आपूर्ति सञ्जाल, मूल्य श्रृखला, दिगो योजना निर्माणका लागि वैचारिक अभ्यास र व्यवसायका ढाँचाहरु सिक्ने इन्फोडेभका निरज नेपालीले बताए । उनका अनुसार सहभागीले विशेषज्ञहरुबाट आपूर्ति सञ्जाल व्यवस्थापन, आपूर्तिकर्ता विकास, बजारीकरण, साझेदारी जस्ता सीपहरु सिक्नेछन् । 

त्यसमध्ये प्रमुख २० समूहले आफ्ना आधुनिक उपायहरुको कार्यान्वयन र लगानी सुरु गर्नका लागि वृद्धिमूखी कृषि व्यवसायबाट आफूहरुलाई वृद्धिका लागि कृषि व्यवसायतर्फ परिवर्तन गर्न मुद्दत पुग्नेगरी एक अर्कासँग प्रत्यक्षरुपमा मार्गनिर्देश गराउनुका साथै उनीहरुलाई कृषि व्यवसाय अधुनिकीकरण केन्द्रसमक्ष हस्तान्तरण गरिने जनाइएको छ । 

 

Advertisement

Advertisement