भाटभटेनी अनलाइन डटकमलाई एफवान सफ्टले एक्वायर गर्यो

Advertisement

काठमाडाः नेपालको अनलाइन सपिङ पोर्टल भाटभटेनी अनलाइन डटकमलाई एफवान सफ्ट इन्टरनेशनलले एक्वायर गरेको छ । भाटभटेनी अनलाइन डटकम नेपालको नाम चलेको अनलाइन सपिङ पोर्टल हो ।

भाटभटेनी अनलाइन डटकमलाई अझ सशक्त र सबैको पहँुचमा पुर्याउने उद्देश्यले एक्वायर गरेको एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले बताए । सो अनलाइनलाई डोमेन परिवर्तन गरेर अब इसेवा पसल डटकममा सञ्चालन गर्ने उनले बताए ।

एफवान सफ्टसँगको सहकार्यले अब अनलाइन सपिङको क्षेत्रमा आफुहरूले ठूलो फड्को मार्ने बताउँदै इसेवा पसल डटकमका प्रमुख कार्यकारी अधिकृत मनिस श्रेष्ठले अबको भविष्य नै अनलाइन सपिङ रहेको बताए ।

उक्त अनलाइन सपिङको भुक्तानी इसेवालगायत नेपालका अधिकांश बैंकका मोबाइल बैंकिङ सेवा, इबैंकिङ सेवामार्फत् भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । साथै, इसेवाबाट भुक्तानी गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था समेत गरिएको जनाएको छ ।

एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल तथा विदेशमा समेत विक्रीवितरण गर्दै आएको छ । सरकारले नगद कारोबारलाई घटाएर डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने नीति लिइरहको बेला यस अभियानलाई टेवा पुग्ने सफ्टवेयर आफूले निर्माण गर्दै आएको एफवान सफ्टले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement