आइएमर्इबाट पैसा पठाउँदा २० लाख सम्म पुरस्कार, भौचरको सक्कल कपी सुरक्षित राख्नुपर्ने

Advertisement

काठमाडौं। आइएमर्इ रेमिटेन्सले दशैं,तिहार र छठलार्इ लक्षित गर्दै ‘दशैंमा बीस लाख’ योजना ल्याएको छ।

यस योजना अनुसार हरेक दिन कारोबार गर्ने मध्ये १० जनाले ‘आइएमई पे’मार्फत एक हजार रुपैयाँको बिल भूक्तानी, हरेक हप्ता एक जनालार्इ १० हजार नगद, हरेक महिना एक जनालार्इ एक लाख रुपैयाँ र वम्पर उपहार एक जनाले २० लाख रुपैयाँ नगद पाउनेछन् ।

कम्पनीका अनुसार यो अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्नेछन् ।
यो योजना आइतबारदेखि मंसिर मसान्तसम्म कार्यान्वयनमा आउने कम्पनीले जनाएको छ।

‘‘लक्कीड्र’बाट छानिएका विजेताले सेवाग्राहीको सिफारिश अनुसार नेपालमा बस्ने आफन्तले पुरस्कार लिन पाउने कम्पनीले जनाएको छ। सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधिसम्म सुरक्षित राख्नुपर्ने कम्पनीले जनाएको छ ।

आइएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार विजेताले पाउने पुरस्कारमा नेपाल सरकारको नियमानुसार लाग्ने कर कट्टी हुनेछ ।

Advertisement

Advertisement

Advertisement