काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य पुनः घटाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।
निगमले तीनै वटा इन्धनको मूल्य प्रतिलिटर २/२ रुपियाँले घटाएको छ । स्वचालित मूल्य लागू गरिरहेको निगमले इन्धनको अन्तर्राष्ट्रिय मूल्यअनुसार मूल्य समायोजन गर्दै आएको छ । आज घटेको मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपियाँ, डिजल र पेट्रोलको मूल्य प्रतिलिटर ९७/९७ कायम भएको छ ।