नयाँ बर्षमा स्याङयोङ गाडिको नयाँ ग्राहक योजना, यस्ता छन् सुविधाहरु

Advertisement

काठमाडौं । नेपालको लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता एवं आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले नयाँ वर्ष सन् २०१९ को उपलक्ष्यमा ‘स्याङयोङ नयाँ वर्ष मेगा एक्चेन्ज’ योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरुले आफ्नो कुनै पनि गाडीसँग स्याङयोङ ब्राण्डको नयाँ एसयूभी साट्न सकिने कम्पनीले जनाएको छ । यसरी पूरानो गाडीको सट्टा गर्दा नयाँ गाडी खरिद गर्दा ग्राहकहरुले चार लाख रुपियाँसम्मको छुट पनि पाउन सक्नेछन ।

एक्सचेन्ज अफरमा एक बर्षको निःशुल्क बीमा, पूरानो गाडिको ठाउँको ठाउँ उत्कृष्ट मूल्यांकन, झन्झटरहित फाइनान्स, आर्थिक वर्ष २०७५।७६ को रोड ट्याक्स तिर्न नपर्ने, तीन वर्षको वारेन्टी (६० हजार किमीसम्म), पाँच बर्षसम्म निःशुल्क सर्भिसिङ, गाडिको अतिरिक्त सामान निःशुल्क पाइने, सस्तो मूल्यमा स्पेयर्स पार्टसहरू पाइने जस्ता सुविधा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement