निर्मला हत्याको अनुसन्धानमा लापरर्वाही गर्नेहरुले पनि न्याय खोज्दै निवेदन दिए

Advertisement

काठमाडौं– निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तीमा परेका दुई प्रहरी अधिकारीले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका छन्।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका पन्तको घटनाको अनुसन्धानमा लापरबाही गरेको भन्दै सरकारले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदिश भट्टलाई बर्खास्त गरेको थियो। यो निर्णयविरुद्ध विष्ट र भट्टले मन्त्रिपरिषदमा निवेदन बुझाउँदै पुनर्वहालीको माग गरेका हुन्।

उनीहरुले मन्त्रिपरिषदबाट निवेदन अस्वीकृत भए सर्वोच्च अदालत जाने बताएका छन्। मन्त्रिपरिषदको निर्णय भएको ३५ दिनभित्र पुनरावेदन गर्न पाउने प्रावधान छ।

Advertisement

Advertisement

Advertisement