महालक्ष्मी लाईफको बीमासम्बन्धी जनचेतना कार्यक्रम गुल्मीमा

Advertisement

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण अभियान अन्तर्गत चैत २३ गते गुल्मीको तम्घासमा बृहत जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अधिकारी अधिकृत रमेशकुमार भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न एक दिने उक्त कार्यक्रममा स्वागत मन्तव्य र महालक्ष्मी लाईफको बारेमा क्षेत्रिय प्रमुख अर्जुन गिरीले विस्तृत रूपमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नेकपाका नेता हिरा एसी, नेपाली काङग्रेसका महेन्द्र भण्डारी, रेसुंगा नगरपलिकाका अखिलेश्वर पाण्डे, उद्धयोग वाणिज्य संघ गुल्मीका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पाण्डे, नागरिक समाजका अगुवा पदमाप्रसाद पाण्डे जील्ला युवा समितिका अध्यक्ष राजेन्द्रबिक्रम कुवँर, पत्रकार महासंघका तोपलाल अर्याल र लोक दोहरी प्रतिष्ठानका वैकुण्ठ महतले महालक्ष्मी लाईफको उत्तरोत्तर प्रगति र छिट्टै खोलिने शाखा कार्यलयको सफलताको लागि शुभकामना व्यक्तगरेका थिए । ट्रेनर सुभाष केसीले अभिकर्ता उत्प्रेरणा बारेमा क्लास लिएको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले नेपालमा जीवन बीमाको अवस्था, महालक्ष्मी लाईफ इन्स्योरेन्सको वर्तमान र भावी योजना, अभिकर्ताहरूको काम र कर्तव्य तथा जीवन बीमाको फाइदाहरू बारेमा जानकारी गराएका थिए ।

दुई सय ५० भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन महालक्ष्मी लाईफ इन्स्योरेन्स गुल्मीका प्रमुख श्रीराम महतले गराएका थिए । कार्यक्रममा नयाँ नियुक्त अभिकर्ता र बीमा पोलिसी खरीद गर्ने बिमितहरूलाई सम्मान गरिएको विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement