जिप दुर्घटनामा पूर्वसांसद भण्डारीसहित २ जनाको मृत्यु

Advertisement

तम्घास । गुल्मीको दर्लिङ्बाट बुटवल जाँदै गरेको लु १ ज १९५७ नम्बरको जिप बिहीबार बिहान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । उपचारको लागि पाल्पा लैजाने क्रममा घाइतेहरुको मृत्यु भएको हो ।

१० जना सवार जिप गुल्मीको मुसिकोट नगरपालिका १ च्यानडाँडामा सडकबाट करिब १ सय मिटर तल खसेको थियो । मृत्यु हुनेमा मालिका गाउँपालिका २ की २६ वर्षीया कौशिला थापा,  धुर्कोट गाउँपालिका वस्तु निवासी ७२ वर्षीय रुद्रमणि शर्मा भण्डारी र ८ वर्षीय ओश्कर विकको मृत्यु भएको हो। शर्मा नेपाली कांग्रेसका पूर्वसांसद हुन् ।

घाइतेहरुलाई जिल्ला अस्पताल गुल्मी र वामी टक्सारमा उपचारका लागि लगिएको छ । दुर्घटनामा घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सुर्य थापा, गाडी चालक ३६ वर्षीय कमल पुरी, ३ वर्षीया कृतिमा थापा, ५ वर्षीय जेनिस थापा, १८ वर्षीय नरेन्द्र श्रीस छन् ।

यसैगरी मुसिकोट नगरपालिका १ का ४० वर्षीय भोजबहादुर भट्टराई र ३८ वर्षीया रिमा भट्टराई पनि घाइते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक नारायण खनालले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement