एनआईबिएलले नेपालमै पहिलो पटक खुलामूखी सामूहिक लगानी कोष सञ्चालनमा ल्याउँदै

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्व भएको मर्चेन्ट बैंकिङ कारोबार गर्ने कम्पनी एनआईबिएल एस क्यापिटल लिमिटेडले आफूहरुले नेपालकै पहिलो खुलामुखी योजना ́एनआईबिएल सहभागिता फण्ड‘ नामक सामूहिक लगानी कोष सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष नियमावली, २०६७ र सामूहिक लगानी कोष निर्देशिका, २०६९ लागू भएपछि नेपाल मै पहिलो पटक जारी हुन लागेको यो खुलामुखी योजनाको कोष प्रबद्र्धकमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ भने योजना ब्यबस्थापकमा एनआईबिएलएस क्यापिटल लिमिटेड रहेको छ ।

यस खुलामूखी योजनाबमोजिम जम्मा रु.५० करोड रुपियां बरावरको ५ करोड इकाईको लागी धितोपत्र बोर्डबाट अनुमतिप्राप्त भएकोमा पहिलो चरणमा रु. १२ करोड ५० लाख रुपियां बराबरको एक करोड २५ लाख इकाई सर्वसाधारणहरुमा जारी गरिने तथा बीज पुँजीको रुपमा रकम रु.७ करोड ५० लाख रुपियां बराबरको ७५ लाख इकाई इन्भेष्टमेन्ट बैंक र एनआईबिएल एस क्यापिटलले खरिद गर्नेछ ।

यस खुलामुखी योजनको लागि आवेदकहरुले आवेदन गर्दा न्यूनतम् सय र बढिमा दुई लाख ५० हजार इकाईको लागि प्रतिइकाई दश रुपियाँका दरले भुक्तानी गरी आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि ७७ जिल्लाहरुमा फैलिएका आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएसीको मेरो शेयरबाट समेत दिन सकिनेछ । यस खुलामुखी योजनको बिक्री खुल्ला जेठ १९ देखि गरिने एनआईबिएल एस क्यापिटलले जानकारी दिएको छ ।

यस योजनाले नेपाल स्टक एक्सजेञ्ज लिमिटेडमा सूचिकृत धितोपत्रहरुका साथै मुद्दती निक्षेपमा लगानी गर्ने जनाउँदै कम्पनीले हाल जारी भएका इकाईहरु बाँडफाँड भएको मितिले ३ महिनापछि मात्र खरिद बिक्रीका लागि खुल्ला हुने जनाएको छ ।

यसरी योजनाको इकाईहरु खरिद बिक्रीे एनआईबिएल एस क्यापिटलको कार्यालयहरु, इन्भेष्टमेन्ट बैंकका तोकिएका शाखाहरु तथा अन्य तोकिएको वितरण केन्द्रहरुबाट गर्न सकिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement