बानेश्वरमा अत्याधुनिक मल्टिप्लेक्स ‘वान सिनेमाज’ असार मसान्तबाट संचालनमा आउने

Advertisement

काठमाडौं । असार मसान्तबाट बानेश्वरमा पहिले शिवदर्शन हल रहेको स्थानमा मलसहित दुई पर्दाको ‘वान सिनेमाज’ मल्टिप्लेक्स संचालनमा आउने भएको छ। पछिल्लो समय नेपालमा मल्टिप्लेक्सको संख्या बढ्दै गएकोले मलकै संचालकहरुले यो हल संचालन गर्न लागेका हुन् ।

दुबै पर्दाको कुल सिट क्षमता चार सय २५ रहेको हल सञ्चालकले जनाएको छ । जसमध्ये एक हलमा दुई सय १० र दुई सय १५ जनाले एकसाथ सिनेमा हेर्न सक्नेछन्।

हलमा डबी साउन्ड, फोर के प्रोजेक्शनको साथमा सुविधा सम्पन्न सिट छ । हलमा राखिएको सिट जत्तिको आरामदायी सिट अरु हलमा नभएको सञ्चालकको दाबी रहेको छ।

Advertisement

Advertisement

Advertisement