सातदोबाटो–लगनखेल सडक आधा मात्रै सम्पन्न

Advertisement

ललितपुर । ठेक्का समझौताको अवधि सकिएर थप भएको अवधिसम्म लगनखेल–सातदोबाटो सडक निर्माण आधा मात्रै सकिएको छ । ललितपुर जिल्लाकै सबैभन्दा बढी सवारी चाप हुने सडकमध्ये सो सडक विस्तारको काम अलपत्र पर्दा चालक र यात्रु हैरान भएका हुन् ।

बासिन्दाले घर र जग्गाको मुआब्जा माग गरेका कारण सडकमा ५० प्रतिशतभन्दा बढी काम हुन नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । स्थानीयवासीले मुआब्जाको माग गर्दा सडक निर्माण अघि बढाउन नसकिएकामा अहिले त्यो समस्या समाधान गर्दै काम अघि बढाइएको आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।

मुआब्जा विवादसँगै सडकमा रहेका पूर्वाधारले पनि काममा बाधा पुयाइरहेको छ । उनले भने, ठेकेदारले चाहेर पनि सरासर काम गर्ने वातावरण थिएन । सडक निर्माणका क्रममा सडकमा रहेका खानेपानी ढल विद्युत्का पोललगायत संरचना अवरोधका रुपमा रहेकाले पटकपटक अनुरोध गर्दासमेत सम्बन्धित निकायले भएका संरचना हटाउन चासो इञ्जिनीयर श्रेष्ठले बताए ।

लगनखेलस्थित बटुकभैरव मन्दिरको पर्खाल भत्काउने÷नभत्काउने भन्ने विवादले पनि सडक विस्तार अघि बढाउन नसकिएको जानकारी दिँदै उनले भने, सडक सम्पन्न गर्नुपर्ने अवधि सकिएर थप भएको अवधिमा समेत काम ठप्प छ ।

उक्त सडक निर्माणका लागि पहिलोपटक ठेक्का विसं २०७३ जेठमा शुरु भएको थियो । पहिलो पटकको ठेक्का सम्झौताअनुसार विसं २०७४ असोजमा म्याद सकिएपछि आयोजनाले अवधि थपेको थियो । अहिले थपिएको अवधिमा पनि काम अघि नबढेको उनले बताए । काठमाडौँ उपत्यकाभित्र विभिन्न सडक विस्तारको काम शुरु भएको चार वर्षभन्दा बढी भइसक्दा पनि प्राय कुनै पनि सडक पूरा भएको छैन ।

Advertisement

Advertisement

Advertisement