गैरआवासीय नेपाली संघ कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान विजयी

Advertisement

कतार । गैरआवासीय नेपली संघ (एनआरएनए) कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान विजयी भएका छन् । उनले आफ्ना प्रत्यासी तेज कटुवाललाई भारी मतअन्तरले पराजित गर्दै आगामी दुई बर्षका लागि अध्यक्ष बन्न सफल भएका हुन् ।

शुक्रबार भएको निर्वाचनमा मुसलमानले दुई हजार ६६ मत प्राप्त गरे भने कुटवालले एक हजार १२६ मत मात्रै प्राप्त गरे । विगत डेढ दशकदेखि कतारमा व्यवसाय गर्दै आएका मुसलमान सत्तारुढ दलनिकटका मानिन्छन् । उनले आफ्नो टिमलाई नै विजयी गराउन सफल भएका हुन् । यसअघिको अध्यक्षको निर्वाचनमा पराजित भएका मुसलमान यस पटक भने भारी मतसहित विजयी भएका हुन् ।

त्यस्तै राष्ट्रिय समन्वय समिति (एनसीसी)को प्रथम उपाध्यक्षमा उत्तम गुरुङ, द्धितीय उपाध्यक्षमा टंककुमार खड्का, महिला उपाध्यक्षमा सरिता भण्डारी, महासचिवमा पदम गिरी, सचिवमा अपसर खान र नेत्र भुजेल, कोषाध्यक्षमा विनोद बसौला, सहकोषाध्यक्षमा तनबिर आलम, युवा संयोजकमा रविन मगर, र महिला संयोजकमा अम्बिका खत्री चयन भएका छन् ।

दोहास्थित नेपाली दूतावासमा भएको निर्वाचनबाट अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्यमा रमेश भट्ट, होमनाथ शर्मा, युवराज शर्मा र केबी हमाल चयन भएका छन् । यसअघि एनआरएनए बतारको अध्यक्षमा नविन (नगेन्द्र) पोखरेल अध्यक्ष थिए । मानव तस्करीको आरोप लागेका पोखरेलले विशेषगरी महिलाहरुलाई कतार ल्याएर अमानीय व्यवहार गर्ने, विचल्ली पार्ने काम गर्ने गरेको आरोप खेप्दै आएका थिए ।

नवनिर्वाचित अध्यक्ष मुसलमान भने सामाजिक काममा पनि सक्रिय रहने र सबै समुदायसँग मिलेर काम गर्ने खालका छन् । एनआरएनए कतारको सल्लाहकार र अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका पूर्व अध्यक्षसमेत रहेका उनले यसअघि आफू विजयी भएपछि सबैलाई मिलाएर संगठनलाई गतिशील बनाउने बताउँदै आएका थिए ।

Advertisement

Advertisement

Advertisement