महालक्ष्मी विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर प्रालिसँग एक सम्झौता गरेको छ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले हस्ताक्षर गरेका हुन्। सम्झौतापत्र एक कार्यक्रमकाबीच अस्पतालका कार्यकारी अध्यक्ष डा.श्रेष्ठलाई हस्तान्तरण गरिएको छ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापकरसेयरधनीहरुले नेपाल क्यान्सर अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन्। सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी साथै कर्मचारीका परिवारले रेडियोलोजी, ल्यावरेटरी र बेड चार्जमा १० प्रतिशत रेडियसन थेरापी र बीचथेरापीमा पाँच प्रतिशत तथा क्यान्सर स्क्रिनिङ प्याकेजमा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

देशका ९९ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मीविकास बैंकले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ।

Advertisement

Advertisement

Advertisement