सेयर बजारमा १६.०५ अंकको भारी गिरावट, कारोबार रकम पनि घट्यो

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सेयर बजारमा भारी गिरावट भएको छ । आज सेयर बजार परिसुचक नेप्से १६ दशमलव ०५ अंकले घटेर एक हजार १३९ कायम भएको छ ।

आज झण्डै २२ करोड रुपियाँको कारोबार भयो । धेरै कारोबार गर्नेमा शिवम सिमेन्ट सबैभन्दा अगाडि छ । शिवमको सेयर एक करोड ८० लाख रुपियाँको किनबेच भयो भने गण्डकि विकास बैंकको एक करोड ६५ लाख रुपियाँको कारोबार भयो ।

आज उत्पादन मूलक समूह र निर्जिवन बीमा समूहका सुचकहरु दुई प्रतिशतले ओरालो लागेका छन्, हाइड्रोपावर र होटल समूहका सुचकहरु तीन प्रतिशतले ओरालो लागेका छन् । त्यस्तै, जीवन बीमा, बैंक, विकास बैंक तथा अन्य सबै समूहका सुचकहरुमा एक प्रतिशतको गिरावट आएको छ । बाँकी सबै समूहका सुचकहरुमा शुन्य अंकको सुधार आएको देखिएको छ ।

आज धेरै नाफा गर्नेमा वेष्ट फाइनान्सका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा रिलायन्स फाइनान्सका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement