देवः विकास बैंकको ५ करोड ९६ लाख, अरु सूचक कस्ता ?

Advertisement

काठमाडौं । देव विकास बैंकले २०७६ असोज मसान्त अवधीमा ५ करोड ९६ लाख नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधीमा बैंकले ५ करोड ३ लाख नाफा आर्जन गरेको थियो ।

बैंकको वितरण योग्य मुनाफा भने २ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । बैंकले यो अवधीमा २१ अर्ब निक्षेप संकलन गरेर २० अर्ब कर्जा लगानी गर्दा २६ करोड ७१ लाख खुद ब्याज आम्दानी गरेको देखिन्छ । बैंकको सीडी रेसियो भने ७७.१७ प्रतिशत रहेको छ ।

चुक्ता पुँजी ३ अर्ब १७ करोड रहेको बैंकको जगेडा कोषमा ३८ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी ७.५१ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा ३.०३ प्रतिशत, कस्ट अफ फण्ड ८.४९ प्रतिशत र आधार ब्याजदर ११.४४ प्रतिशत छ ।

Advertisement

Advertisement

Advertisement