ठगी आरोपमा पक्राउ परेका रुप ज्योती हिरासतमुक्त

Advertisement

काठमाडौँ । ठगी आरोपमा पक्राउ परेका व्यवसायी एवं पूर्वसहायकमन्त्री रुप ज्योती धरौटीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयको पत्रका आधारमा प्रहरीले उनलाई शुक्रबार रिहा गरेको हो । उनलाई बेलाएको बेला हाजिर हुनेगरेर रिहाई गरिएको छ र

ठगी मुद्दामा प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको बेला जाहेरवाला पक्षसँग मिलापत्र गराएर रुप ज्योतीलाई हिरासतमुक्त गराइएको हो । जिल्ला सरकारी वकिल कार्यालयमा दुवै पक्षबीच मिलापत्र भएको थियो ।

घरजग्गा खरिद बिक्रीका क्रममा बैनावापत एक करोड ३५ लाख रुपियाँ लिएर घरजग्गा नदिएको भन्दै व्यवसायी विजेन्द्रकृष्ण मल्लले रुप ज्योतीविरुद्ध जाहेरी दिएका थिए । झण्डै एक दशकअघिको उक्त कारोबारमा रुप ज्योतिले घरजग्गा दिन नमानेको तर बैंकको प्रचलित ब्याजदरअनुसार रकम बैना रकम फिर्ता दिन खोजे पनि मल्लले घरजग्गाको भाउ बढेअनुसारको मूल्य चाहिने अडान राखेपछि विवाद लम्बिएको थियो ।

रुप ज्योति पक्राउ परेसँगै उनलाई रिहाई गर्न स्थानीय नेवार समुदायदेखि व्यवसायीले दबाब दिएपछि मल्ल र उनीबीच विवाद समाधानको सहमति भएको हो । मल्लको जाहेरीका आधारमा सर्वोच्च अदालतले पक्रन अनुमति दिएपछि प्रहरीले कात्तिक २१ गते ज्योति र उनकी छोरी सुरुचिलाई त्रिभुवन विमानलस्थलबाट पक्राउ गरेको थियो। सोही प्रकरणमा ज्योतिका दाइ पद्मज्योतिलाई समेत काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो।

मल्ल र ज्योति समूहबीच सहमति भएको भनिए पनि के कस्तो सहमति भएको हो ? त्यो भने गोप्य राखिएको छ ।

Advertisement

Advertisement

Advertisement