मुक्तिनाथ विकास बैंकको व्यवसायिक साक्षरता कार्यक्रम दाङको तुलसीपुरमा

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कार्तिक २९गते आफ्ना कार्य क्षेत्रका स्थानीय उद्योगी, व्यवसायिहरुलाई व्यवसायीक साक्षरता कार्यक्रम दाङको तुलसीपुर उपमहानगरपालिका, ०६ मा सम्पन्न गरेको छ । बैंकले दक्षता बढाउनको लागि उक्त व्यवसायीक साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।

व्यवसायिक साक्षरता कार्यक्रममा व्यवसायको खोजी तथा व्यवस्थापन, व्यवसाय दर्ता, बजार व्यवस्थापन, बजार प्रबद्र्धनका लागि आवश्यक कानुनी कागजात तथा कार्यविधी, दोहोरो लेखा प्रणाली, आय कर, मुल्य अभिबृद्धि कर ऐनमा भएका संसोधनहरु, वित्तीय कारोबार बारे चेतना जगाउने, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादन मूलक लगानी, व्यवसायमा जोखिम तथा न्युनिकरणलगायतको विषयमा चेतनाको अभिबृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

व्यवसायिक साक्षरता कार्यक्रममा ४० जना स्थानीय उद्योगी, व्यवसायिहरुको सहभागीता रहेको थियो । उपस्थित सहभागीहरुले मुक्तिनाथ विकास बैंकले व्यवसायिक साक्षरता कार्यक्रममार्फत व्यवसायिहरुमा जुन व्यवसायसँग सम्बन्धित ज्ञानमा अभिबृद्धि गर्ने प्रयास प्रशंसा योग्य रहेको साथै कार्यक्रम अति महत्वपूर्ण रहेको धारणा व्यक्त गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादूर गुरुङ्गले बताए ।

Advertisement

Advertisement

Advertisement