हिमालय एअरलाइन्सले शुरु गर्यो काठमाडौँबाट चीनको गुइयाङ उडान

Advertisement

काठमाडौँ । हिमालय एयरलाइन्सले नेपाल–चीन संयुक्त अन्तर्राष्ट्रिय वायुसेवा उद्यम अन्तरगत काठमाडौं–गुइयाङ (गुईझाउ प्रान्तको राजधानी शहर) जोड्ने नयाँ सेवा सुरु गरेको छ ।

नेपाल भ्रमण बर्ष २०२० को संघारमा एयरलाइन्सले नयाँ बजार पहिचान गरेसँगै यसले त्यस प्रान्तबाट नेपाल भ्रमणमा आउने सम्भावित पर्यटकलाई प्रवद्र्धन र ध्यानाकर्षण गराउने उद्देश्य राखेको जनाएको छ । प्रत्येक बर्ष धेरैभन्दा धेरै पर्यटकलाई आकर्षण गर्ने सहर गुइयाङ चीनको प्रमुख पर्यटकीय शहर हो । हिमालय एअरलाइन्स् प्रत्येक मंगलबार काठमाडौंबाट गुइयाङका लागि उडान भर्नेछ र सोहि दिन फर्केने छ ।

नयाँ सेवा विस्तारसँगै नेपालीहरुले चीनमा नयाँ गन्तव्यस्थलका निम्ति सरल, मितव्ययी र सिधा सञ्जालको सुविधा पाउन सक्नेछन् । उद्घाटन उडान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार स्थानीय समय १०ः२५ मा गुइयाङ्का लागि आफ्नो पहिलो उडान भरेको छ र चीनको गुइयाङ् लोङडोङबाओ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १५ः५८ मा अवतरण गरेको छ । आवागमन उडान गुइयाङ्को लोङडोङबाओ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १८ः०८ मा फर्किएको छ र सोही दिन काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १९ः३६ मा अवतरण गरेको छ ।

‘हिमालय एयरलाइन्स् चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन र दुवै देशको आर्थिक पर्यटनलाई प्रवद्र्धन गर्न साधक बन्नेछ । यो नयाँ सेवा चीन भ्रमण गर्ने नेपालीहरुका लागि सबैभन्दा बढी रोजाईमा पर्ने गन्तव्यस्थल हुनेमा हामी विश्वस्त छौं ।’’– प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले बताए ।

बढ्दैछन् चिनियाँ पर्यटक
चीनले नेपाललाई नयाँ फुर्सदको समय बिताउने गन्तव्यको रुपमा लिएको छ, जुन विगतका केही बर्षहरुमा नेपालमा चिनियाँ पर्यटकहरु वृद्धि हुनुको प्रमुख कारण हो । विगत केही बर्षदेखि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ ।

सन् २०१९ को अक्टोबरको तथ्यांक अनुसार कुल १३,४८९ चिनियाँ पर्यटक नेपाल भित्रिए सँगै चीन नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्यामा पहिलो स्थानमा छ । यो नेपाल भित्रिने पर्यटक संख्याको कुल १०.४५५ हो । सन् २०१९ (जनवरी देखि अक्टुबर सम्म)को बार्षिक तुलना गर्ने हो भने कुल १३४,२८१ चिनियाँ पर्यटक भित्रिए सँगै नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्यामा चीन दोस्रो स्थानमा रह्यो । साथै सन् २०१८ को यसै अवधिको तुलनामा ९.२५ ले वृद्धि भएको छ ।

Advertisement

Advertisement

Advertisement