सुनको मूल्य १ सय बढ्यो, आजको मूल्य कति ?

Advertisement

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धी भएको छ ।

बुधबार छापावाल सुनको मूल्य १ सय बढेर ७२ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य १ सय बढेर ७१ हजार ८ सयमा कारोबार भएको छ ।

चाँदी प्रतितोला ५ रूपैयाँ बढेर प्रतितोला ८६५ रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार मंगलबार बजारमा छापावाला सुन प्रतितोला ७२ हजारमा र तेजावी सुन प्रतितोला ७१ हजार ७ सयमा कारोबार भएको थियो ।

Advertisement

Advertisement

Advertisement