ट्राफिक स्वयम् सेवकका लागि कानून संकायका विद्यार्थी परिचालन

Advertisement

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाको आयोजना र काठमाडौँ स्कुल अफ ल, चक्रवर्ति हवि एजुकेशन एकेडेमि र नेसनल ल कलेजको सहकार्यमा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि दोस्रो चरणको ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम प्रारम्भ गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यता, काठमाडौँ स्कुल अफ ल, चक्रवर्ति हवि एजुकेशन एकेडेमि र नेसनल ल कलेजका प्रतिनिधिहरू, प्रहरी उपरिक्षक र युवा बिधार्थी स्वयम् सेवकहरूको उपस्थितिमा शुक्रबार कार्यक्रम शुरु गरिएको हो ।

नेपाल प्रहरीले आत्मसात गरेको लोकप्रिय कार्यक्रम समुदाय÷प्रहरी साझेदारिता अवधारणा अनुरुप सहकार्य र सक्रिय संयुक्त सहभागिताको आधारमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त वनाउन चक्रवर्ति हवि एजुकेशन एकेडेमीका ४० जना, काठमाडौँ स्कुल अफ ल का २५५ जना र नेसनल ल कलेजका ४० जना गरी ३५५ जना युवा ट्राफिक स्वयंसेवकहरू परिचालन हुने जनाइएको छ । ती सेवकहरूलाई १ दिने प्रशिक्षण प्रदान गर्नुका साथै कार्यक्षमतालाई मुल्याङ्कन गरी प्रमाणपत्र समेत वितरण गरिने छ ।

युवा स्वयम् सेवक परिचालनको कार्य अवधि १ हप्ताको हुनेछ । उनीहरू पिक आवरको समयमा परिचालित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, राष्ट्रिय युवा परिषद तथा यूएन नेपालको आयोजनामा गृहमन्त्री रामबहादुर थापा बादल प्रमुख आतिथ्यतामा २०७६ असोज ०५ गते पहिलो चरणमा ५०० जना युवा ट्राफिक स्वयम् सेवक परिचालित भएका थिए ।

Advertisement

Advertisement

Advertisement