सेयर बजारमा सामान्य सुधार, व्यापार समूहको सुचकमा भने उच्च गिरावट

Advertisement

काठमाडौं । सेयर बजारमा बुधबार सामान्य सुधार आएको छ । बजार परिसुचक नेप्से आठ दशमलव ३० अंकले बढेर एक हजार ११७ कायम भएको छ भने कारोबार रकममा सामान्य वृद्धि भई २१ करोड २३ लाख रुपियाँको सेयर किनबेच भएको छ ।

आज धेरै किनबेच हुने सेयर एनएमबी बैंकको छ । यसको दुई करोड ७५ लाख रुपियाँको सेयर खरिद बिक्री भएको छ । आज व्यापारबाहेक बाँकी सबै समूहका सुचकहरुमा सुधार आएको छ । व्यापार समूहको सुचक भने पाँच दशमलव १७ अंकले घटेको छ । म्युचुअल फण्डको सुचक दुई दशमलव ७३ अंकले बढेको छ । बाणिज्य बैंक समूहको सुचक शुन्य दशमलव ४८ अंकले बढेको छ ।

Advertisement

Advertisement

Advertisement