लियोनेल मेस्सीले छैटौँपटक जिते बालोन डी’ओर अवार्ड

Advertisement

काठमाडौं । बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनेल मेस्सीले छैटौँपटक बालोन डी’ओर अवार्ड जितेका छन् । गएराती फ्रान्सको पेरिसमा आयोजित एक समारोहक बीच अवार्डको घोषणा गरिएको छ । मेसीले लिभरपुलका भर्जिल भान डाइक र युभेन्डसका क्रिस्टियानो रोनाल्डोलाई पछि पर्दै यो अवार्ड जितेका हुन् ।

मेसीको यो छैटौं बालोन डी’ओर अवार्ड हो । रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् । मेसीले यसअघि सन् २००९, १०, ११, १२ र २०१५ मा यस अवार्ड जितेका थिए ।

यसैगरी यसै वर्षबाट उत्कृष्ट गोलरक्षकलाई दिन सुरू गरिएको याशिन ट्रफी लिभरपुलका एलोसनलाई प्रदान गरियो। यस्तै २१ वर्ष मुनिका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने कोपा ट्रफीको अवार्ड युभेन्टस तथा नेदरल्याण्डसका डिफेन्डर माथेज डी लिग्टले पाए।

यस्तै, महिलातर्फ अमेरिकी खेलाडी मेगन रापोनी उत्कृष्ट घोषित भएकी छन् । लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपरको अवार्ड जिते । विश्वभरका फुटबल टिमका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरूको मतको आधारमा यस अवार्ड प्रदान गरिन्छ ।

Advertisement

Advertisement

Advertisement