भक्तपुरको लोकन्थलीमा कामना सेवाको १०६औं शाखा बिस्तार

Advertisement

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं ०१ स्थित लोकन्थलीमा मंगलबार १०६औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

मध्यपुर थिमी नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष सुरज खड्का तथा बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् । कारोबार शुभारम्भ समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत, नायब महाप्रबन्धक हरिप्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए ।

बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

Advertisement

Advertisement