एभरेष्ट बैंकको साधारण सभा पुस २३ गते, २५ प्रतिशत लाभांश पारित गर्ने

Advertisement

काठमाडौँ । एभरेष्ट बैंकको २५ औँ साधारण सभा पुस २३ गते हुने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे लैनचौर ब्याङ्क्वेट काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश पारित गर्ने बैंकले जनाएको छ ।

साधारण सभा प्रयोजनका लागि पुस ४ गतेदेखि २३ गतेसम्म बैंकको शेयर दाखिल खारेज बन्द(बुक क्लोज) गर्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement