नेपाल इन्फ्रास्ट्रक्चर बैंकका अध्यक्ष अग्रवालले गभर्नर नेपालबाट लिए सपथ

Advertisement

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा नियुक्त भएका अनुज अग्रवालले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

सो अवसरमा नेपाल राष्ट्र बैंकको तर्फबाट डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, कार्यकारी निर्देशक देवकुमार ढकाल, निर्देशक गोविन्द नागिला समेतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट सञ्चालक चन्द्रप्रसाद ढकाल, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र कम्पनी सचिव इश्वरबन्धु गौतमको उपस्थिति रहेको थियो ।

बैंकको संचालक समितिमा नेपाल सरकारबाट मनोनित रामशरण पुडासैनी हुन् भने अनुज अग्रवाल, चन्द्रप्रसाद ढकाल र लालमणि जोशी हालै सम्पन्न बैंकको प्रथम वार्षिक साधारण सभाबाट सञ्चालकमा निर्विरोध निर्वाचित भएका थिए ।

Advertisement

Advertisement

Advertisement