एलजीको ‘रोड शो’ विभिन्न शहरमा

Advertisement

काठमाडौं । एलजीले नेपालभरी रोड शो सुरु गरेको छ । यस रोड शोमा एलजीका नविन उत्पादनहरुको प्रदर्शनी तथा बिक्री गरिने छ । रोड शो को मूख्य आकर्षण वासिङ मेसिन, टिभी र एसी रहेको एलजीको नेपाल आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी एम्पेक्सले जनाएको छ ।

भक्तपुरदेखि शुरु भएको रोड शो बाग्लुङ, पोखरा, महेन्द्रनगरबाट नारायणघाट हुँदै काकडभिट्टासम्म हुनेछ । रोड शोको मुख्य उद्देश्य एलजीको वासिङ मेसिनको डेमो रहेको कम्पनीले जनाएको छ । जसमा एलजीको आठ किलोको वासर ड्रायर वासिङ मेसिनबाट डेमो दिने कम्पनीको भनाई छ ।

एलजीको वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक बिक्री हुने गरेको छ । यसबाट वासिङ मेसिन सञ्चालन तथा यसका फाईदाहरुको बारेमा ग्राहकहरुलाई जानकारी गराउने उद्देश्य रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement