अटोमोवाइल क्षेत्र धरासायी हुनेगरी कर्जा प्रवाहमा कडाई नगर्न नाडाको गभर्नरसँग आग्रह

Advertisement

काठमाडौं । नाडा अटोमोवाइल एशोसियशनको नयाँ कार्यसमितिले बुधबार गर्भनर चिरञ्जीवी नेपालाई भेटी नेपालको अटोमोवाइल उद्योगले भोगेको समस्याबारे ध्यानाकर्षण गराएको छ ।

नाडाको टोलीले विशेषगरी कर्जा प्रवाहमा कडाई गर्नेगरी राष्ट्र बैंकले बैंकहरुलाई जारी गरेको निर्देशिकाले अटोमोवाइल क्षेत्र ठूलो समस्या पर्ने भन्दै त्यसलाई संशोधन गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले कर चुक्ता गरेको मासिक आम्दानीको ५० प्रतिशत किस्ता तिर्नेगरी मात्रै बैंकहरुले आवधिक व्यक्तिगत कर्जा दिन पाउने व्यवस्था गरेको छ ।

Advertisement

Advertisement

Advertisement