सुनको मूल्य घट्यो, तोलामा पाँच सय कम

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार ७६ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज पाँच सय रुपियाँले घटेरर प्रतितोला ७५ हजार पाँच सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७५ हजार दुई सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ७३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ४७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ९०० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७७१ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement