सुजुकीको ‘विन्टर सर्भिस क्याम्प’मा ग्राहकहरुलाई आकर्षक छुट

Advertisement

काठमाडौँ । नेपालको लागि सुजुकी फोर ह्वीलरको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले पुस २३ देखि २५ गतेसम्म ‘विन्टर फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउने कमपनीले जनाएको छ ।
सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निशुल्क कार वासको सुविधा पाउने छन् । त्यसैगरी, एसडीटी डायग्नोसिसमा ५० प्रतिशत छुट पाउने छन् ।

साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस्, इन्जिन आयल, एसोसरिज र ह्वील एलाइनमेन्टमा १० प्रतिशत छुट पाउने जनाइएको छ ।

सुजुकीको ‘विन्टर फ्रि सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुने सीजी मोटोकपले जनाएको छ । ३९ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल रहेको छ ।

Advertisement

Advertisement

Advertisement