गायक निशान भट्टराईको कार दुर्घटनामा निधन

Advertisement

काठमाडौं । गायक निशान भट्टराईको गए राति कार दुर्घटनामा परी निधन भएको छ । आफैले चलाएको कारण तिनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएपछि उनको निधन भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईले उपचारका लागि ट्रमा सेन्टरमा लाने क्रममा मृत्यु भएको समाचार विभिन्न समाचार संस्थाहरुले प्रकाशित गरेका छन् । उनी दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कंदै गर्दा कार दुर्घटनामा परेको हो । ट्रमा सेन्टर पुर्याइएका उनलाई चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

गजल गायनका कारण चर्चामा रहेको भट्टराईले स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा गजल गाउने गर्थे ।

Advertisement

Advertisement

Advertisement