टिकेन सेयर बजारको सुधार, ७.४८ अंकको गिरावट

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सेयर बजारमा गिरावट आएको छ । आज सेयर बजार परिसुचक नेप्से ७ दशमलव ४८ अंकले घटेर एक हजार २६३ दशमलव ३८ कायम भयो भने कारोबार रकम १ अर्ब २ करोड ६४ लाख ४३ हजार रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा प्रभु बैंक प्रमोटर सेयर रहेको छ । जसको कारोबार ११ करोड ४३ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट रहेको छ । जसको कारोबार सात करोड २२ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज व्यपारमूलक समूहको सूचकमा नौ प्रतिशभन्दा धेरैको सुचार आएको छ भने हाइड्रोपावर समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । त्यस्तै, फाइनान्समा एक प्रतिशतको सुधार आएको छ, अन्य, विकास बैंक र होटल समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको सुधार आएको छ । त्यसैगरी आज बाँकी सबै समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावट आएको छ ।

त्यस्तै, आज धेरै फाइदा खानेमा रैरङ हाइड्रोपावर विकासका लगानीकर्ता रहेका छन् । कम्पनी दश प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा नयाँ दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । कम्पनी आठ दशमलव ६२ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement