युनाईटेड फाईनान्सको बार्षिक साधारण सभा सम्पन्न, ५ जना सञ्चालक चयन

Advertisement

काठमाडौँ । युनाईटेड फाईनान्स लिमिटेडको २५ औं बार्षिक साधारण सभा मंगलबार कार्की बैंक्वेट, बबरमहल, काठमाडौंमा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष वसन्तकुमार चौधरीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । अध्यक्ष चौधरी प्रस्तुत गरेको कम्पनीको आव २०७५/७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण साधारण सभाबाट पारित भयो ।

उक्त साधारण सभाले कम्पनीको आव २०७५/७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्नुका साथै गत आवको मुनाफाबाट शेयरधनीहरुलाई ७.५२% नगद लाभाशं तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

सोही साधारण सभाबाट आगामी कार्यकालका लागि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने रिक्त ५ सञ्चालक पदमा वसन्तकुमार चोेैधरी, राहुल ईन्फ्रास्ट्रक्चर प्रालि (प्रतिनिधि रोशन अधिकारी), एमएडव्लु इन्टरप्राइजेज प्रालि (प्रतिनिधि विष्णुकुमार अग्रवाल), वेनीगोपाल मुन्दडा तथा मनिषकुमार खेमकालाई आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचन गरिएको छ ।

गत आवमा कम्पनीले रु. ६ अर्ब ५५ करोड निक्षेप संकलन गरी सो अवधिमा विभिन्न क्षेत्रमा रु. ६ अर्ब १४ करोड कर्जा लगानी गरी संचालन मुनाफा रु. १८ करोड ०५ लाख र खुद मुनाफा रु. ९ करोड ९९ लाख आर्जन गरेको छ ।

त्यस्तै फाइनान्सले खराब कर्जा ०.५७ प्रतिशत कायम राख्न सफल भएको छ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ ।

Advertisement

Advertisement

Advertisement