पुसमा उत्साहजनक राजश्व संकलन, अर्थमन्त्रीलाई राहत

Advertisement

काठमाडौं । आर्थिक बर्षको पहिलो पाँच महिनामा लक्ष्यअनुसार राजश्व संकलन गर्न नसकेको सरकारले पुसमा भने अनपेक्षित राजश्व संकलन गरेको छ । अर्थ मन्त्रालयले पुसमा लक्ष्यभन्दा दुई अर्ब बढि राजश्व संकलन गर्न सफल भएको हो ।

आर्थिक बर्षको पहिलो छ महिनामा लक्ष्यभन्दा ८१ अर्ब कम राजश्व संकलन गरेको अर्थले पुसमा भने लक्ष्यभन्दा बढि राजश्व उठाउन सफल हुनुमा बैंकहरुको लाभांश, कम्पनीहरुबाट प्राप्त अनुमानित आयकर आदि मुख्य कारण हो । यसमा पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर र अरु करवापतको अंक पनि रहेको छ । पुसमा गैर करबाट १३ अर्ब ४६ करोड संकलनको लक्ष्य राखिएकोमा ३४ अर्ब २६ करोड संकलन भएको छ ।

यसअघि लक्ष्यअनुसार राजश्व उठाउन नसकेको भन्दै अर्थमन्त्री युवराज खतिवडाको आलोचनासमेत भइरहेको थियो । राजश्व संकलन बढ्नुमा मूल्य अभिवृद्धि कर (भ्याट)मा लाग्ने कर संकलनमा आएको सुधार पनि कारण देखिन्छ । आन्तरिक उत्पादन, बिक्रीमा लाग्ने करबाट पुसमा आठ अर्ब ६० करोड उठाउने लक्ष्य राखिएकोमा नौ अर्ब ३३ करोड रुपियाँ संकलन भएको छ ।

त्योबाहेक निर्माण कार्यसम्बन्धी ठेक्कामा लाग्ने भ्याटको ५० प्रतिशत (६.५ प्रतिशत) अग्रिम तिर्नुपर्ने प्रावधान ल्याएवाट पनि पुसमा राजश्व धेरै संकलन हुन सहयोग पुगेको छ ।

Advertisement

Advertisement

Advertisement