कंगना अभिनित चलचित्र पंगाको अहिलेसम्मको कमाई १४.९१ करोड

Advertisement

काठमाडौं । कंगना रनौत अभिनित चलचित्र पंगाले यस हप्तामा राम्रो कमाई गरेको छ । तेस्रो दिन चलचित्र बक्स अफिसमा चलिरहेको छ । जसको नाफा एकदमै कम देखिएको छ । चलचित्रले आइतबार ६.६९ करोड कमाएको छ । यस्तै शनिवार ५.६१ करोडको कमाई गरेको थियो । तीन दिनमा यस चलचित्रले १४.९१ करोड कमाई गरेको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शले पंगाको थर्ड डे बक्स अफिस कमाई निराशाजनक रहेको बताएका छन् । दुई दिनको व्यापारमा एक करोडको फरक देखिएको छ । शुक्रवार चलचित्रले २.७० करोडको ओपनिङ गरेको थियो ।

Advertisement

Advertisement

Advertisement