कामना सेवाको ‘डबल डिपोजिट मुद्दती खाता’ सञ्चालन, ७ वर्ष २ महिनामा दोब्बर रकम पाइने

Advertisement

काठमाडौँ । कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै मंगलबारदेखि लागू हुने गरी डबल डिपोजिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

डबल डिपोजिट मुद्दती खाता योजना अन्र्तगत ग्राहकले मुद्दती राखेको ७ वर्ष २ महिनामा दोब्बर रकम प्राप्त गर्ने छन् । यस प्रकारको मुद्दतीखाता खोल्नका लागि न्यूनतम रु १ लाख हुनु पर्नेछ ।

यसैगरी बैंकले एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा रु ७ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने हुंदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११७ वटा शाखा तथा ६२ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement