सहकारी संस्थाले बस चलायो, नयाँ कार्यको थालनी

Advertisement

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीमा क्रियाशील लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले बस सेवा सञ्चालनमा ल्याएको छ ।

सहकारी ऐन २०७४ को व्यवस्थाअनुसार बस सेवा शुरु गरिएको सो सहकारीले जनाएको छ । संस्थाको शेयर सदस्यलाई लक्षित गरी ३२ सिट क्षमताको बस सेवा सञ्चालन ल्याइएको संस्थाका अध्यक्ष कृष्ण छन्त्यालले जानकारी दिए ।

“बहुउद्देश्यीय सहकारीले नयाँ कार्यको थालनी गरेका हौँ”, भने, “आफ्ना शेयर सदस्यले अन्यत्रका जिप तथा बसमा खर्च गर्ने रकम संस्थाले प्रदान गर्ने बस सेवा लिँदा दुवैलाई फाइदा हुनेछ ।”

बागलुङ बजारदेखि बिहुँ सुल्डाँडा हुँदै लेखानीसम्म सेवा प्रदान गर्न थालेको छ । सो स्थानसम्म सदस्यलाई रु ११० र अन्य यात्रुलाई रु १४० भाडा लिइने सहकारीका अध्यक्ष छन्त्यालले जानकारी दिए । लालिगुराँस बहुउदेश्यीय सहकारीमा लेखानीका एक हजार १०० शेयर सदस्य र रु एक करोड ५८ लाख शेयरपूँजी रहेको छ । रासस

Advertisement

Advertisement

Advertisement