नेपाल लाइफको नाफा ३५ करोड, जीवन बीमा कोषमा ७७ अर्ब, कस्ता छन् अरु सूचक ?

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६ महिनामै ३५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बिमांकिय मूल्याकन अघि कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आवको सोही अवधीमा भन्दा ७ करोड रुपैयाँले नाफा वृद्धि भएको छ ।

२०७५ पुस मसान्त अवधीमा नेपाल लाइफको नाफा २८ करोड रुपैयाँ थियो । कम्पनीले हालसम्म १३ अर्ब ९१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । ५ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा २ अर्ब ६१ करोड रुपैयाँ छ भने जीवन बीमा कोषमा ७७ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । २०७५ पुस मसान्तमा यस्तो कोषमा ५६ अर्ब रुपैयाँ रहेको थियो ।

कम्पनीको महाविपत्ति कोषमा भने ४७ करोड रुपैयाँ रहेको छ । कम्पनीमा बिमितहरुको संख्या १२ लाख ५८ हजार ५ सय ११ पुगेको छ । प्रति सेयर आम्दानी १२.७७ रुपैयाँ रहेको कम्पनीको प्रति सेयर नेटवर्थ १५६.२४ रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement