नक्कली प्रमाणपत्रका आधारमा जागिर खाने नागरिक उड्डयन प्राधिकरणका अधिकृत विरुद्ध मुद्दा

Advertisement

काठमाडौँ । नक्कली प्रमाणपत्र लिने नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृत बिरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार अधिकृत शालिकराम खनाल विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार अधिकृत खनालको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने प्रतिवेदन माथि अनुसन्धान अघि बढेको थियो ।

खनालले बिहार संस्कृत शिक्षा बोर्ड पटना भारतबाट पास गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरी २०५३ जेठ १ देखि तत्कालीन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयमा रापअन. तृतीय श्रेणीमा नियुक्ति भै सेवामा बहाल रही लाभसमेत लिईरहेको पुष्टी भएपछि मुद्दा दर्ता गरिएको प्रवक्ता कोइरालाले जनाएका छन् ।

खनालको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर देखिएको हुँदा खनाललाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र सोही ऐनको दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदाबी सहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement